२३ चैत्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र ईन्ट्रयाक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा शनिवार रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,रोटरीका असिस्टेन गर्भनर रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड व्याग रक्तदातालाई हस्तान्तरण गरी रक्तदानको सुरुवात गरेका थिए । हरेक वर्ष संस्थाले आफ्नो वार्षीक कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गर्ने गरेको संस्थाका अध्यक्ष जनक पौडेलले जानकारी दिए ।
अघिल्लो वर्ष असोज ३ गते गरिएको रक्तदान कार्यक्रममा २३० जनाले रक्तदान गरेर उक्त वर्षको नेपालमानै सबैभन्दा धेरै रक्तदान गर्ने संस्था मध्यको एक बनेपछि यस वर्ष पनि कार्यक्रम राखिएको कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ रत्ननगरका वर्ष २०१९–२० का अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए ।

यसअघि प्रकाशित समाचार

रोटरि क्लब अफ रत्ननगरको उत्कृष्ट कार्य ५५ लाखमा टिकौलीमा सार्वजनिक सौचालय ।

तपाईको प्रतिक्रिया