७ श्रावण, रत्ननगर, चितवन
रत्ननगर बकुलहरमा साईराम डेन्टल क्लीनिकको प्राबिधीक सहयोगमा रत्ननगरमा सकृय तिनबटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ रत्ननगर मिड र लायन्स क्लब अफ रत्ननगर पिसको सम्युक्त आयोजनामा तिन दिने निःशुल्क दन्त शिविर मंगलबार सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यमा सम्पन्न उद्‍घाटनसत्र मा दन्तरोग बिशेषज्ञ डा अजय न्यौपानेले शिबिरमा दिइने सुबिधाहरुको जानकारी दिनुभएको थियो ।  रत्ननगर लायन्स क्लब का अध्यक्ष दिपक बास्तोला को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय 325 बि 2 एरिया 3 का चिफ लायन प्रकाश चन्द्र भट्टराई, रिजन चियर पर्शन ला. कृष्ण लाल श्रेष्ठ लगाएतले मन्तव राख्नु भएको थियो । लायन्स क्लबका बिशीष्ठ ब्यक्तित्वहरुको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपाल का अध्यक्ष लायन प्रकाश शर्मा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपाल का संस्थापक अध्यक्ष लायन सुरेश चन्द्र आचार्य ले संचालन गर्नुभएको थियो । डा. अजय न्यौपाने, डा. सरु थापा, डा. नविन थापा, डा. प्रणव यादव, डा. रल्ज लौडारी र डा. बिक्रम श्रेष्ठ लगाएतका दन्तरोग बिशेषज्ञबाट दिएको शेवामा ४०२ जनाले आफ्नो दातको परिक्षण गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया