२२ साउन काठमाडौँ,

बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ। दिउँसो पौने १ बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले पाँचवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत छन् ।

तपाईको प्रतिक्रिया