अन्तत पक्राउ परे न्युज 24 का पत्रकार रबि लामिछाने र युवराज कंडेल, चितवन ल्याउने तयारी

३० साउन, काठमाण्डौ,
नेपालीको आवाज अनलाईन न्युज डेस्क

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेल र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

Facebook Comments