ताजा खबर
Home / International News / नेपाली समाज युएईको सुझाब संकलन तथा बैठक सम्पन्न

नेपाली समाज युएईको सुझाब संकलन तथा बैठक सम्पन्न

13820413_1552591928383614_186941529_n
लक्ष्मण खनाल, युएई
नेपाली समाज युएईले २६ औं बार्षिक उत्सव तथा नेपाली कल्याणकारी कोष २०१६ स्थापनाको लागि सुझाब संकलन गरि बैठक सम्पन्न गरेको छ । शुक्रबार युएईको बर दुबईमा सम्पन्न उक्त बैठकको अध्यक्षता समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले गरेका थिए । समाजले अगामी अगस्त ५ का दिन सम्पन्न गर्न गइरहेको २६ औ बार्षिक उत्सव कार्यक्रम र सोही कार्यक्रम बाट संकलन भएको रकमबाट स्थापना गर्न गइरहेको नेपाली कल्याणकारी कोष २०१६ को बारेमा बैठकमा छलफल भएको थियो । बैठकमा बोल्दै बक्ताहरुले नेपाली समाजको उक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्दता प्रकट गर्दै कार्यक्रम तयारी र कार्यक्रममा गर्नुपर्ने सुधारहरुको लागि सुझाब दिएका थिए ।
बैठक सञ्चालन गर्दै समाजका महासचिव मणी भुर्तेलले बार्षिक उत्सव कार्यक्रम र कल्याणकारी कोषको बारेमा जानकारी दिएका थिए । उनले कार्यक्रममा बार्षिक उत्सव संगै युएईमा क्रियाशिल नेपाली ३० जना कालाकारहरुको प्रस्तुती, मगर संघको सहकार्यमा पञ्चे बाजा र जनजाती महासंघ को सहकार्यमा विभिन्न झाँकीहरु प्रस्तुत हुने जानकारी दिए । साथै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि नेपाली समाजमा आवद्ध संस्थाहरु, पत्रकार महासंघ लगायत अन्य संस्थाहरु समेटेर कार्यक्रम मुल आयोजक समिति बनाएको पनि जानकारी दिए ।
युएईमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनीधिहरु उपस्थित उक्त कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष सापकोटाले कार्यक्रम सफल बनाउन सुझाब दिनुहुने सम्पुर्ण प्रतिनीधिहरुलाई धन्यवाद दिए । साथै उनले प्रश्नहरुको जवाफ दिदै प्रचार प्रसारको क्रममा नेपाली दर्शकहरुले नेपाल बाट राष्ट्रिय कलाकारको लागि आग्रह गरेको बताउदै सोही कारणले नेपाली समाजले प्रयास गरेको जानकारी दिदै यसलाई अन्यथा नबुझिदिनुहुन बैठकमा उपस्थित सम्पुर्ण नेपाली कलाकार, पत्रकार र संघसंस्थाहरुका प्रतिनीधिलाई आग्रह गरे ।
नेपाली समाजको २६औं बार्षिक उत्सब कार्यक्रम आगामी ५ अगस्तका दिन दुबई को अलकुजमा रहेको डुल्सको लेबर क्याम्पको हलमा सम्पन्न हुन गइरहेको छ ।

Share This:

About Mahesh Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*