फोटो सौजन्यः तिलक शर्मा पौडेल
फोटो सौजन्यः तिलक शर्मा पौडेल

१४ श्रावण, चितवन
रत्ननगर १० जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सुरु भएको श्रीकृष्ण कथा तथा श्रीमद भागवत महापुराण आज पनि जारी रहेको छ ।
जिरौनास्थित मन्दिर परिसरमा बृद्धाश्रम तथा बाल आश्रम निर्माणको लागी श्रीकृष्ण प्रणामी सेवा समिती तथा मन्दिर व्यवस्थापन समितीको संयुक्त आयोजनामा अस्ति आईतबारदेखि सुरु भएको महापुराण पाठमा भक्तालुको उल्लेख्य सहभागिता छ ।

फोटो सौजन्यः तिलक शर्मा पौडेल
फोटो सौजन्यः तिलक शर्मा पौडेल

चौथो दिनका प्रमुख अतिथी काठमाडौँ नागार्जुन नगरपालिका वडा नम्बर १३ निवासी निर्माण व्यवसायी एवंम समाजसेवी नारायण प्रसाद खतिवडाले एकलौटी ८ लाख १ सय ५ रुपैया दान गर्नुभएको आयोजक श्रीकृष्ण प्रणामी सेवा समितीका सचिब दिपक चन्द्र शर्माले जानकारी दिनुभयो ।
यस्तै अन्य भक्तालुबाट ३ लाख रुपैयाँ गरि आज मात्रै ११ लाख रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो । महापुराणमा भारतको सिक्किमबाट आउनु भएका भागवत आचार्य तथा रोहितराज गुरुङले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म पाठपारायण गरिरहनु भएको छ ।
महापुराण भाद्र ९ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।

फोटो सौजन्यः तिलक शर्मा पौडेल
फोटो सौजन्यः तिलक शर्मा पौडेल

तपाईको प्रतिक्रिया