ताजा खबर
Home / National News / चम्पानगरमा भलिवल प्रतियोगिता हुने

चम्पानगरमा भलिवल प्रतियोगिता हुने

volleyball photo
१९, असोज, चम्पानगर, चितवन
नेपालीको आवाज अनलाईन खेलकुद डेस्क
भरतपुर उपमहानगरपालिका २० चम्पानगरमा कार्तिकको दोश्रो साता प्रथम खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । हिमाल युवा क्लवको आयोजनामा कार्तिकको १२ गतेदेखी १४ गते सम्म प्रतियोगिता गर्न लागिएको हो । चितवन जिल्लासहित छिमेकी जिल्लाहरुबाट समेत टिमको सहभागीता रहने प्रतियोगिताको पहिलो हुने टिमले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष केशव देवकोटाले जानकारी दिए । त्यस्तै दोश्रो हुने टिमले नगद ३० हजार रुपैया प्राप्त गर्ने छ । पश्चिम चितवनमा भलिवल खेललाई लोकप्रिय वनाउन र आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक रामहरी सेढाईले जानकारी दिए । सो क्लवले स्थापनाकालदेखीनै सामाजिक र खेलकुदका क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आईरहेको छ ।

Share This:

About Mahesh Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*