IMG_20170110_163531
महेश पाण्डे
२७ पौष, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

पौष २५ देखी माघ ५ गते सम्म नारायणी नदि किनारमा सञ्चालन भईरहेको चितवन महोत्सब २०७३ को स्टल नं. ६८ र ६९ बिशेष आकर्षणको केन्द्र बिन्दु बनि रहेको छ । कोरियन कम्पनी किया मोटर्सले हालै मात्र बजारमा ल्याएको एक पटकको चार्जमा २०० भन्दा बढि किलोमिटर हिड्ने लक्जरियस गाडीको कारणले गर्दापनि महोत्सबको आकर्षण थपिएको हो ।
IMG_20170110_163550
किया नेपालका सेल्स तथा माकेर्टीङ म्यानेजर प्रदिप बरालले नेपालीको आवाज अनलाईन संग कुराकानि गर्दै भने “यो गाडीको रोड ट्याक्स फ्रि छ, अन्य गाडीमा जस्तो यो गाडीलाई सर्भीसीङ् पनि गर्नु पर्दैन, एक पटकको चार्जमा यो गाडी २०० कि.मी भन्दा बढि दौडन्छ साथै यसमा भएको डिजिटल प्रविधिले हरेक कुराहरु कन्ट्रोल तथा जानकारी दिने र डिजेल, पेट्रोले राख्ने झन्झट नभएकाले गर्दा पनि यो नेपाली बजारमा निकै उपयुक्त छ । ” यसको बजार मुल्य दुई मोडलमा हुट नभएकोलाई ५५ लाख तथा हुट भएकोलाई ५७ लाख रहेको छ ।

हाल यो गाडिको चितवनको मनहरी र नवलपरासीको दाउन्ने सम्मको लागी आधिकारीक बिक्रेता भरतपुर–१२, आस्था चोकमा रहेको अभियान मोटर्स रहेको छ । सो सोरुममा किया मोटर्सको सबै ब्राण्डका आकर्षक सेवा र सुविधा सहित गाडिहरु उपलब्ध रहेको र चितवन महोत्सब अवधिभर स्टल नं. ६८ र ६९ मा आएर पनि यसको बारेमा जानकारी लिन सकिने अभियान मोटर्सका सञ्चालक मध्यका एक डा. सुन्दर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया