ताजा खबर
Home / Entertainment News / कतारमा छायाङ्कन भएको जिउने कोसीस बोलको गित युट्युब मार्फत सार्वजनिक

कतारमा छायाङ्कन भएको जिउने कोसीस बोलको गित युट्युब मार्फत सार्वजनिक

महेश पाण्डे
१९ फागुन
नेपालीको आवाज मनोरञ्जन डेस्क

मितेरी सिने म्युजिकको ब्यानरान बनेको तथा गायीका माण्डवी त्रिपाठीको सुमधुर सोरमा सजिएको आधुनीक गित “जिउने कोसीस”  युट्यु मार्फत सार्वजनीक गरिएको छ ।

माया प्रेममा पाइने धोकाले कति पिडा दिन्छ भन्ने कुरा दर्शाउन खोजेको उक्त भिडियोलाई रेहान मियाले निर्देशन् गरेका हुन् । रेहान नेपालमा छदा पनि धैरै म्युजिक भिडीयो तथा फिल्म निर्देशन गरि सकेका निर्देशक पनि हुन । कतारमा छदा पनि किन म्युजिक भिडियोमा लाग्नु भयो भन्ने प्रश्नमा उनि आफु विदेशमा भएपनि आफ्नो नशा नशामा कलाकारीता र यस प्रतीको चासो रहेकोले यसलाई निरन्तरता दिएको बताए ।
Capture-1
समिम मिया र हेम कार्कीको छायाङ्कनमा बनेको भिडियोमा अजुमी, लक्की, स्वयता र जीवनको अभिनय रहेको छ । बिश्व देवकोटाको शब्द रहेको उक्त गीतको भिडियोलाई रमेश बस्नेतले सम्पादन गरेका हुन् भने भिडियोमा सलीम खानको लगानि रहेको मितेरी सिने युनिटका म्यानेजिङ डाइरेक्टर तथा मोडल जीवन संसारले जानकारी दिए ।

Share This:

About Mahesh Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*