17670394_1647063461975478_1986132107_o
महेश पाण्डे
१६ चैत्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर नगर कार्यपालीकाको वडा समायोजन संगै रत्ननगर ९ (साविक वडा नं. ६ र ७) र वडा नं. १० (साविक रत्ननगर–८) को वडा कार्यलय रत्ननगर ९ भानुचोकमा आज शुभारम्भ गरिएको छ ।
17619142_1647063478642143_1372579292_n
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रत्ननगर नगर कार्यपालीकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोख्रेल, अन्य अतिथीहरुमा क्रमशः साविक वडा नं. ७ का संस्थापक वडा अध्यक्ष माधव प्रसाद अर्याल, नगरपालीकाका योजना शाखा प्रमुख प्रकाश चन्द्र ढुङ्गाना, सामाजिक बिकास शाखा प्रमुख पुष्पराज आचार्य, नगरपालिकाका सव ईन्जिनियर शंकर कुंवर, बिभिन्न नगर स्तरीय राजनितीक दलका प्रमुखहरु, टोल बिकास समन्वय समितीका संयोजक, वडा नागरिक मञ्चका संयोजक, वडा स्तरीय टोल समन्वय समितीका संयोजक, बिभिन्न आमा समुहका प्रतिनिधी, बिभिन्न विद्यालयका प्रअ लगाएतका रहेका थिए ।
17580284_1647063885308769_1666195426_n
हालै मात्र नेपाल सरकारले रत्ननगर नगर कार्यपालीकाको वडाहरु घटाउनुका साथै वडा समायोजन समेत गरेको थियो । सोही अनुरुप रत्ननगर ९ (साविक वडा नं. ६ र ७ वडा नं. १० (साविक रत्ननगर–८) को वडा कार्यलय रत्ननगर ९ भानुचोकमा शुभारम्भ गरिएको हो ।
वडा नं १० का सचिव खगनाथ पराजुलिले स्वागत मन्तव्य साथै वडा नं ९ का वडा सचिव सुर्य ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सेवा केन्द्रका प्रमुख सुरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
17619142_1647063478642143_1372579292_n
17619324_1647063995308758_1905468684_n
17577665_1647063708642120_2105147927_n

तपाईको प्रतिक्रिया