डा. सन्तोष भुषाल
डा. सन्तोष भुषाल

बाथ ज्वरो बारे डा. सन्तोष भुषालले दिनुभएको जानकारी

सामान्यता बाथ रोग भन्नाले जोर्नी दुख्ने रोग भन्ने बुज्न सकिन्छ , तर बाथ जोरो अर्थात मेडिकल भाषामा भन्नू पर्दा “Acute Rheumatic Fever” प्राय बच्चामा देखिने मुटु , हाड्जोर्नी र स्नायु प्रणाली सम्बन्धि रोग को समिसर्ण हो। बच्चालाई घाँटी दुख्ने समस्या ( Pharyngitis/ Tonsillitis) को बेलामा उपचार नहुनु वा अधुरो उपचार हुन गएमा यसको केही हप्तामा यो रोगको प्रभाव देखापर्दछ्न ।
17671381_1416436045085136_1999642643_n
यस रोगको विशेषत हातखुट्टा का ठुला जोर्नी दुख्ने , अनियंत्रित शारीरिक हलचल (Chorea:हेर्दा नाचेको जस्तो लाग्ने हलचल ) ,रातो रातो देखिने दाग आउनु ,ज्वोरो आउनु वा ज्वोरो आएर निको भएको , शरीरमा सानो डल्ला देखा पर्ने लक्ष्यण देखिने गर्द्छ ।यस रोगको मुख्य असर भनेको मुटु को भल्भ खराब हुने (Rheumatic Heart Diease )भएको हुनाले समयमै रोग को सहि पहिचान र उपचार हुन सकेमा दीर्घकालीन मुटु रोग बाट वच्न सकिने देखिन्छ ।
17671081_1416435775085163_1403901392_n
आज भोलि विभिन्न सङ्सस्था द्वारा विभिन्न बिधालय मा Rheumatic Heart Disease स्क्रिनिग कार्यक्रम संचालित हुँदै आएको पाइन्छ र यस कार्यक्रमले यस रोग को पहिचान र उपचार मा निकै ठूलो भुमिका खेलेको हुन्छ र यस्तो खोज मुलक कार्यक्रम लाई राज्य स्तरबाटै सन्चालन हुन सकेमा अझ सबल हुने आशा गर्न सकिन्छ ।
17555567_1416435708418503_596031502_n
सबै जना अभिभावकले आ आफ्नो बच्चालाई हुने घाँटी दुख्ने समस्याको उचित उपचार गर्ने र यदि माथी उल्लेखित समस्या देखिएमा तुरुन्तै बिसेसज्ञ सेवालिन सक्ने हो भने यस रोगबाट निस्चय रूपमा नै वच्न सकिने छ । यो रोग लागि सकेको अवस्था मा आवश्यकता अनुसार मुटु रोग / बाथ रोग / स्नायु अर्थात नशा रोग बिसेसज्ञ को सल्लाह लिनु पर्दछ।
17619494_1416435915085149_142812130_n

तपाईको प्रतिक्रिया