21752372_1744098035601743_8491131621228836958_n

महेश पाण्डे
९ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर उद्योग वाणीज्य संघको आयोजनामा सोमबार रत्ननगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल संवत ११३८ तथा छठपर्वको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रत्ननगर नगरपालीकाका नगर प्रमुख नारायण वन, बिशिष्ट अतिथीमा रत्ननगर नगरपालीकाका नगर उप प्रमुख बिमला देवी दुवाडी, अतिथीहरुमा क्रमशः रत्ननगर उद्योग वाणीज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, रत्ननगर उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष गोपाल कर्मचार्य, पुर्व अध्यक्ष नारायण काजि श्रेष्ठ, पुर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापती रुपन राज घिमीरे, माओवादी केन्द्रकी नगर ईन्चार्ज कञ्चन खनाल, चितवन उद्योग संघका उपाध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमीरे, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी तथा रत्ननगरका बिभीन्न वडाका वडा अध्यक्ष, बिभिन्न संघसंस्थाका प्रमुख लगाएतका रहेका थिए ।
21764947_1744097535601793_6152333639800813243_n

21764947_1744097535601793_6152333639800813243_n

कार्यक्रममा उपस्थित सबैले शुभकामना आदान प्रदान संगै नगरमा देखीएका समस्या समाधानमा लागी सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका थीए । कार्यक्रमका बोल्दै प्रमुख अतिथी नारायण बनले आफु निवार्चीत भएर आएको १२४ दिन बिती सकेको र आईतबार मात्र पत्रकार सम्मेलन गरि आफुले यो अवधीमा गरेको कामको कार्यप्रगती सार्वजनीक गरिसकेको र तिहार पछि बिकास निर्माणको कामका अझ सक्रिय भएर लाग्ने जानकारी गराएका थिए ।
22014504_1857284277620061_2115332614_n
कार्यक्रमका सभा अध्यक्ष राजराम रेग्मीले उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको समापन भने संघका उपाध्यक्ष रघुनाथ भट्टले गरेका थिए ।

21984017_1857284407620048_267127169_n
22014497_1857284264286729_1253925588_n
22014699_1857284324286723_173268274_n
21979321_1857284380953384_938317240_n
22052904_1857284367620052_1705905840_n

तपाईको प्रतिक्रिया