महेश पाण्डे
२२ असोज
नेपालीको आवाज अनलाईन न्युज डेस्क

अमेरिका जानका लागि डाइभर्सिटी भिसा (डिभि) चिठ्ठा आईसकेको छ । नेपालस्थित अमेरिकी दूतावासले आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी दिएको छ । यस्तै, कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ,’ अमेरिकी दूतावासले निवेदकहरुलाई सुझाएको छ ।

सन् २०१९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://www.dvlottery.state.gov मा गई डाइभर्सिटी भिसा (ईडीभी) मा पुगेर अनलाइन फाराममार्फत आवेदन फारम भर्नुपर्ने दूतावासको भनाइ छ ।

‘फाराम दर्ता गर्दा तपाईंले आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिने दूताबासको भनाई छ । यस्तै एकजनाका लागि एउटा मात्र आवेदन बुझाउनुपर्नेछ ।

1

फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने, प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेस गर्नुपर्ने र फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने व्यवस्था रहेको जानकारी पनि दूताबासले दिएको छ ।

दूतावासले आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्न पनि सुझाएको छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया