ताजा खबर
Home / Entertainment News / भारतीय चर्चीत गायक अंकित तिवारीको कार्तीक ६ गते नारायणगढमा भव्य कन्सर्ट हुर्दै

भारतीय चर्चीत गायक अंकित तिवारीको कार्तीक ६ गते नारायणगढमा भव्य कन्सर्ट हुर्दै


महेश पाण्डे
३ कार्तीक, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

तेरी गलिया तेरि गलिया…… लगाएतका सुपरहिट गितका भारतीय चर्चीत गाएक अंकित तिवारी यही कार्तिक ६ गते नारायणगढको क्याम्पाचौर हुन गईरहेको लाईभ कन्सर्टको लागि चितवन आउने कार्यक्रमको आयोजक संस्था ज्याजी ईन्टरनेसनल र टीएसन म्यूजिक फिस्टाले बुधवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

ankit tiwari news

देश कै केन्द्रबिन्दु चितवन, पर्यटकिय हिसावले पनि महत्वपूर्ण जिल्ला भएको र गायक तिवारीले चितवनमा नै कन्सर्ट गर्ने ईच्छा व्यक्त गरेकाले मोफसल मै यस प्रकारको कन्सर्ट गर्न लागिएको संस्थाका प्रमुख नवीन उपध्यायले जानकारी दिए । यसका साथसाथै तिवारीको मुख्य उद्धेश्य आफ्नो भिडीयो एल्बमको प्रचार प्रसार गर्नु र निकुञ्ज घुम्ने रहेको उपाध्यायले बताए ।

ankit

सो कन्सर्टमा उनको प्रस्तुति करिब १ घण्टा रहने र अन्य राष्ट्रिय तथा स्थानीय व्याण्डको समेत बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । संस्थाका अनुसार सो कार्यक्रममा सलिम फिट क्रीप एस.एल.ओ, ब्रोहुड व्याण्ड, द ट्रोक्सी र स्थानीय गायक सलिन मानन्धरको पनि प्रस्तुति रहने छ ।

कन्सर्ट सम्पन्न गर्न करिब २० लाख खर्र्च हुने जनाइएको छ । कन्सर्ट हेर्न आउने दर्शकको लागि बैष्णव मिष्ठान्न भण्डार, चुल्हो र फुडकोर्टबाट टिकट बिक्री हुने छ । टिकट दर रु ५००, १००० र २००० तोकिएको छ ।
यसैबीच कार्यक्रमलाई रोचक एवं भव्यरुपमा सफल पार्न तयारी तिब्र पारिएको र राष्ट्रिय कलाकारहरुलाई समेत निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

Share This:

About Mahesh Pandey

One comment

  1. Wonderful beat ! I wish to apprentice while you amend your web site, how could i subscribe for a blog website? The account helped me a acceptable deal. I had been tiny bit acquainted of this your broadcast offered bright clear idea

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*