ताजा खबर
Home / Entertainment News / कलाकारीताको लागिनै जन्मिएका कलाकार के.डी. प्रसित

कलाकारीताको लागिनै जन्मिएका कलाकार के.डी. प्रसित


नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

विक्रम सम्वत् २०४६ असोज ७ गतेका दिन पिता एच.डि. प्रसित र माता रोम कुमारी प्रसित कोखबाट कान्छा सुपुत्रको रुपमा के.डी. प्रसितको जन्म भएको हो । सानैदेखि सरल र मलिनसार स्वभावका धनि के.डी. प्रसित सबैको प्यारो हुनुहुन्थ्यो । बाल्यकाल गाउँमै विताउनु भएका उहाँमा थुप्रै कलाहरु भेटाउन सकिन्छ । सुरुवाती दिनहरुमा प्राविधिक साहायक एवम् कलाकार हुदै काम गदै आउनु भएको थियो पछिल्लो समय निर्देशन तर्फ हात हाल्नु भएको छ थुप्रै चुनौतीहरु सँग सामाना गर्दै अगि बढिरहनु भएको छ । चितवनमा बसि थुप्रै म्युुजिक भिडियो एवम् फिल्म निर्देशन गर्नु भएको छ । कामलाई भगवान मान्ने के.डि.ले तिनवटा चलचित्र ६ वटा म्युजिक भिडियो र थुपै्र लघु चलचित्र निर्देशन गरिसक्नु भएको छ । सिङगो परिवार नै अस्पतालमा कार्यरत रहदा पनि उहाँमा भने उक्त कामको प्रभाव पर्न सकेन जीवनमा केही मात्र गरेर मर्नुपर्छ भन्नु हुन्छ उहाँ जीवनलाई सुखको चौतारी र दुःखको उकालो सम्झनुहुन्छ । मध्यवर्गीय परिवारमा जन्मनुभएका उहाँको दुई दाजु मात्र हुनुहन्छ । उहाँले निर्माण गर्नुभएका चलचित्रहरु प्राय अंग्रेजी नामाकरणको रहेको छ । जस्तै (माई भिलेज, डार्क मिरर र फ्रिर्डम) अंग्रेजी नामाकरण भएपनि दृश्यहरु भने गाउँले परिवेशको हुन्छ ।
21369247_473181713058789_5986305751091179437_n
सानै उमेर देखि अनुसाशीत र मिलनसार भएको कारण आफु सबै सँग काम गर्न सकिरहेको बताउनु हुन्छ । जीवनमा अरु कुनै ठुला लक्ष्य नभइ चलचित्र क्षेत्रमा स्थापीत निर्देश बन्ने चाहना रहेको उहाँ बताउनु हुन्छ । चलचित्र भित्र मनोरञ्जनको साथ साथै केही सन्देश र प्रेरणा हुन जरुरी छ । यस्ता चलचित्रहरुले सधै मन जित्ने कुरा उहाँ बताउनु हुन्छ यही आउदो मंसिर २२ बाट छायँकनमा जाने चलचित्र (राम भित्रको रावण) विशेष तयारीमा रहेको कुरा पनि हामीसँग जानकारी गर्दै हुनुहुन्थ्यो । एउटा प्रतिभासाली र चम्किला नक्षेत्रको रुपमा उदाउन लाग्नुभएको लेखक निर्देशक के. डि. प्रशित लाई भावि दिनहरुमा सफल चलचित्र दिन सफल हुनुहोस् यही शुभकामना दिन चाहान्छु ।

जय सिनेमा जय कलाकार

21106429_469548083422152_6543639650756439193_n

Share This:

About Mahesh Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*