बैङलोर— अस्ट्रेलियन अलराउन्डर शेन वाट्सन शनिबार भएको इन्डियन प्रिमियर लिगको लिलाममा सबैभन्दा महंगो खेलाडी बनेको दिन इङल्यान्डका केभिन पिटरसन नयाँ फ्रेन्चाइजी क्बलसँग अनुवन्ध भएका छन्। अस्ट्रेलियाका पुर्व कप्तान सहित थुप्रै स्टार खेलाडी र उद्योगपतिहरु उपस्थित लिलामी कार्यक्रममा वाट्सनलाई रोयल च्यालेन्जर बैङलोरले १४ लाख डलरमा लिएपछि उनी यस वर्षका सबैभन्दा महंगा खेलाडी भएका हुन्। उमेरले ३४ नाघे पनि वाट्सन अझै ट्वान्टी–२० क्रिकेटको शिर्ष खेलाडीमा पर्छन ।x5206a9f527bcd9f8c0456fa802dad9b2_L.jpg.pagespeed.ic.mn8yi9kk4i ‘बैंगलोरको टोलीमा सामेल हुन म एकदम उत्साहित छु अप्रिलबाट शुरु हुने प्रतियोगितामा टोलीका साथीहरुलाई भेट्न आतर छु,’ वाट्सनले भने ।बैंगलोरका निर्देशक अमृत थोमसले वाट्सन जस्तो खेलाडीको साथले टोलीको झन बलियो बनेको प्रतिकृया दिए ।’टोलीलाई सन्तुलित बनाउन हामीले वाट्सनलाई हेरीरहेका थियौं र अन्तत हामीले उनलाई पाएका छौं,’ थोमसले भने ।पिटरसनलाई राइजिङ पुनेले ५ लाख १५ हजारमा किनेको हो । राइजिङ पुने यस वर्ष थपिएको दुई नयाँ क्लब मध्येको एक हो । अर्को क्लबमा पश्चिमी शहर राजकोटको गुजरात लायन्स हो । प्रतियागिता अप्रिल ९ देखी मे २९ सम्म चल्नेछ ।भारतका युवराज सिंहलाई सनराइज हैदरावादले १० लाख ३० हजारमा किनेको छ । गत वर्ष उनी सबैभन्दा महंगा खेलाडी थिए । दक्षिण अफ्रिकाका क्रिस मोरिस आश्चर्यजन रुपमा १० लाख डलरमा विक्री भए । उनलाई भित्राउन मुम्वई इन्डियन्स र दिल्ली डेयरडेमिल्सको प्रतिस्पर्धा भएको थियो । अन्तत दिल्ली उनलाई भित्राउन सफल भयो ।अस्ट्रेलियाका ट्वान्टी–२० कप्तान एरोन फिन्च र न्युजिल्यान्ड ब्याट्सम्यान मार्टिन गुप्टिललाई कुनै पनि क्लबले लिएनन् । भारतका थुप्रै नयाँ खेलाडी उनीहरुको आधरमुल्य भन्दा धेरैमा विक्री भए । वाँया हाते स्पिनर पवन नेगीलाई दिल्लीले १२ लाख खर्च ग¥यो ।

तपाईको प्रतिक्रिया