ताजा खबर
Home / Rochak Khabar / मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्

मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्

mobile-internet-heroकाठमाडौं– के तपाईले मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ । कतिपयले धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक धारणा समेत राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको गल्तीले गर्दा पनि धेरै पैसा काटिरहेको हुन सक्छ । यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु हुन्छ भने तपाईको मोबाइलमा रहेका विभिन्न एप्लिकेशन स्वत रुपमा अपडेट हुने हुँदा डेटा प्रयोग भइरहेको हुन सक्छ । अथवा इन्टनेट सुचारु हुँदा तपाईले इन्टरनेट प्रयोग नगरेपनि डेटा ट्रान्सफर भइरहेको हुन सक्छ । जसलाई ब्याक फम डेटा भनिन्छ । र, सो डेटा प्रयोग भएअनुसारको शुल्क ब्यालेन्सबाट काटिएको हुन्छ । यस प्रक्रियालाई रोकि अतिरिक्त शुल्क लाग्नबाट जोगिन यी तरिका अपनाउन सकिन्छ । तपाईको फोनको शुल्कमार्फत विभिन्न एप्लिकेशनहरु स्वत अपडेट हुन नदिनका लागि एप्लिकेशन सेटिङमा गई अटोमेटिक अपडेट अफ गर्नुपर्छ । वा डेटा प्रयोग नगरेको बेला डेटा सेटिङबाट डेटा अफ मोडमा राख्न सकिन्छ । यसो गरेको खण्डमा जति डेटा प्रयोग गरिन्छ सोहि अनुसारको शुल्क लाग्दछ ।

Share This:

About Subash Lamichhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*