बिपिन शर्मा आचार्य,
२७ चैत्र, रत्ननगर चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

२८ औ जनआन्दोलन दिवसको अबसरमा नेपाली कांग्रेस रत्ननगर नगर समितीले कार्यकर्ता भेटघाट तथा क्यालेण्डर लोकार्पण कार्यक्रम सोमबार रत्ननगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला थिए भने कार्यक्रममा जिल्ला, क्षेत्र, नगर तथा वडा स्तरिय धेरै पार्टी सम्बद्ध पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर समिती सचिब सितादेवी रेग्मीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन नगर सचिब देवेन्द्र भुजेलले गर्नुभएको थियो ।

पार्टिका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अथिति डा शेखर कोइरालाले क्यालेण्डरमा उल्लेख महानबाणी आजका पार्टि हाक्नेले पालना गरे पार्टिमा कायापलट हुने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रम नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया