
बिपिन शर्मा आचार्य,
२६ बैशाख, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क
सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको मुटु खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ ।
हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका सिनियर म्यानेजर दिनेश रत्न बज्राचार्यले शोरुमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, खैरहनी उद्योग बाणिज्य संघका महा-सचिब कुमार खनाल लगायत अन्य अथितिहरुको उपस्थिती रहेको थियो ।
शोरुममा हिरोको बिभिन्न मोडेलका बाइक तथा स्कुटर रहनुका साथै बिशेष आकर्षणरुपमा हिरोको Glamour DSS, SV Motorbike तथा Duet Scooter रहेको छ ।
Power/Base I3S प्रबिधीको प्रयोग गरी निर्मित उक्त मोडेलका बाईकको बिशेषता Eco Friendly रहेको छ ।