रत्ननगर, चितवन

चितवन रत्ननगर निवासी विकर्ण कुमार श्रेष्ठमा एउटा अचम्मको खुबि छ जुन हो पानीमा बिना चाल घण्टौ तैरिन सक्ने । झट्ट सुन्दा अपत्यारीलो लाग्ने अचम्मको प्रतिभा उनमा रहेको छ । केहि दिन अघि उनले धेरै मिडियाको माझमा करिब ७ फिट गहिरो स्विमीङ पुलमा करिब २ घण्टा बिना चाल हात र खुट्टानै बाधेर आफुलाई सहज रुपमा तैराएर राखेका थिए । उनि भन्छन यो काम म सहजै जुनसुकै ताल, खोलामा गर्न सक्छु । तर यस्तो काम अरुलाई गर्न भने उनी सुझाव दिदैनन । करिब ८ वर्ष अघि पनि उनले राष्ट्रि«य मिडीयाको माझमा यस्तो काम गरेको पनि उनले बताए । उनको ईच्छा गिनीज बुकमा पनि नाम लेख्ने रहेको तर यो पुरा हुन नसकेकोमा उनले दुःख ब्यक्त गरे । आउनुहोस उनको प्रस्तुती यो भिडीयो बाटनै हेरौ।

तपाईको प्रतिक्रिया