८ भाद्र, काठमाण्डौ,
नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवनमा रगतकोे अभावभएसंगै रोटरी क्लव अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट क्लव अफ स्काइराडरले सयुक्त रुपमा पूर्वी चितवनको रत्ननगरमा शनिवार कार्यक्रम गरेका छन् जसमा ४०५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जनकराज पौडेलले जानकारी दिए ।

वृहत रक्तदान कार्यक्रममा ४ सय ५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी चितवनको प्रावधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा सशस्त्रका डिआईजी चिरञ्जिवी अधिकारीसहित ४ सय ५ जनाले रक्तदान गरेको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रशरी सहित शक्तिशाली आमा समुह,शिवालय टोल विकास संस्थाका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु तथा त्ननगर ११ मंगलपुर स्थित गामवेशीको चेपाङ संरक्षणमा रहेका ३ जना चेपाङ विद्यार्थीहरुले पनि रक्तदान गरेका थिए ।
सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा दरुण दल विभाग प्रमुख प्रलाद सापकोटा सहित व्यवसायी तथा युवाहरुले पनि रक्तदान गरेका थिए । सोही कार्यक्रममा रक्तदान गरेर रोटरीका अध्यक्ष पोखरेलले अहिले सम्म ५९ औं पटक पुर्याए ।

अब सौराहामा बाटिका सहितको घण्टाघर पनि बन्ने
त्यस्तै रोटरी क्लब अफ रत्ननगरले रत्ननगर, सौराहानजिकै रहेको सिसुवारमा करिब ३० फिट अग्लो घडी सहितको टावरपनि निर्माण गर्ने क्लबका अध्यक्ष बिपीन पोख्रेलले जानकारी दिए । हाल सिसुवारमा घण्टाघर बनाउने प्रस्ताव गर्दा त्यहाका स्थानीय उत्साहीत भएको र ठाउको ब्यवस्थापन पनि मिले करिब ४ महिनामा निर्माण सम्पन्न गर्ने संयोजक जनकराज पौडेलले जानकारी दिए । के कति लागतमा बन्ने भन्ने बिषयमा भने केहि दिन पछि एम.ओंई. आएपछि जानकारी दिईने क्लबका अध्यक्ष पोख्रेलले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।

र यस अघिको समाचार हेर्नुहोस ।

रत्ननगर रोटरीले भदौ ७ गते बृहत रक्तदान गर्ने, सौराहामा बाटिका सहितको घण्टाघर निर्माण गर्ने घोषणा

 

तपाईको प्रतिक्रिया