२२ भाद्र, सौराहा
नेपालीको आवाज अनलाईन न्युज डेस्क

क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन भएका छन । संघको १८ औं साधारण सभा तथा आठौं अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भट्टराई यस अघिको कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । नयाँ निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राममणि खनाल,उपाध्यक्षमा योगेन्द्रनाथ अधिकारी,अञ्जन पाण्डे,टीका गिरी,गंगा गिरी,ओम पाण्डे,महासचिवमा गुणराज थपलिया,सचिवमा वविता चौधरी,कोषाध्यक्षमा माधव दुवाडी र सहकोषाध्यक्षमा लोजिक कृष्ण श्रेष्ठ चयन भएका छन । समितिको सदस्यहरुमा प्रकासचन्द्र भट्टराई,सन्तोष गिरी,उमाकान्त पौडेल,राजेन्द्रकुमार भण्डारी,हरि श्रेष्ठ,मनोनित सदस्यमा वलराम सुवेदी,शम्भू माली चयन भएका छन ।

संघको हेटौडा इकाइबाट भगिरथी शर्मा,पश्चिम चितवन इकाइबाट गणेश शर्मा पौडेल,नवलपरासी इकाइबाट डिवी चौधरी र हाइवे इकाईबाट प्रलाद मिश्र चयन भएका छन । नवनिर्वाचित कार्यसमितिलाई शनिवारै सपथप्रहण तथा प्रमाणपत्र प्रदान गरिएको छ । नवनिर्वाचित अध्यक्ष भट्टराईले सौराहाको विकासको लागि सबै संग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । सबैको सहकार्यबाट मात्र सौराहाको विकास गर्न सकिने भन्दै उनले पर्यटन पूर्वाधार निर्माण,सेवा विस्तारको लागि सामुहिक रुपमा अगाडि बढने बताए ।

तपाईको प्रतिक्रिया