२६ भदौ, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क

पछिल्लो समय रत्ननगर नगरपालीकाले गरेका केहि काम बिवादमा आउन थालेको छ । केहि समय अघि मात्र बाटोको बिषयमा पनि भ्रष्टचार भएको भन्दै अख्तियारले छानबिन गरेको थियो । जसको काम अझै सकिएको छैन । यसैबिच फेरिपनि नगरपालीकाले पशुपालक किशानको लागि भारतको गुजरातसम्म १० दिनको लागि भनेर भाद्र २५ गते देखि भ्रमण कार्यक्रम सुरु गरेको छ तर महत्वपुर्ण कुरा के छ भने सो किसान भ्रमणको बजेटमा नगरपालिकाका कर्मचारी र वडा अध्यक्षहरु पनि भारत भ्रमणमा निस्केका हुन् ।

रत्ननगर नगरपालिकाका ११ जना वडा अध्यक्ष, प्रशाशनका कर्मचारी, कर्मचारी पत्नी र राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधी सहित १९ जना जम्बो टोली ७ जना मात्र व्यवशायिक किसान बोकेर भारतको गुजरात तर्फ रवाना भएको हो ।

कुल ३४ जनाको टोलीमा रत्ननगर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत टुवराज पोख्रेल र उहाँको धर्मपत्नी, प्रशाशकीय अधिकृत संगम सापकोटा, लेखा अधिकृत कृष्ण प्रसाद सुवेदी, पशु विकास अधिकृत शालिकराम पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका वोर्ड प्रतिनिधी रविन्द्र मरहट्टा र व्यवशायिक पशुपालक कृषक समाजका अध्यक्ष किशोर बगाले रहेका छन् ।

वडा अध्यक्षहरुको टोलीमा ३ नं. वडा अध्यक्ष गुप्तनाथ भट्टराई, ४ नं.वडा अध्यक्ष रविन्द्र चौधरी , ५ नं. वडा अध्यक्ष कृष्ण चौधरी, ६ नं. वडा अध्यक्ष बलराम दाहाल, ७ का लाल बहादुर भट्ट, ८ का विनोद बस्नेत, १० का केशव आचार्य, ११ का शशिभक्त न्यौपाने, १२ का वीर वहादुर पाखीन, १३ का चित्र बहादुर भण्डारी १६ नं. वडाका वडा अध्यक्ष हेमराज थापाको जम्बो टोली पशुपालक कृषक भ्रमण टोली भदौ २५ गते बुधवार विहान ९ बजे भारतको गुजरातको लागि प्रस्थान गरेको हो ।

पशुपालक किसानले उत्पादन गरेको दुग्ध उत्पादक संकलक सहकारी संस्थाका प्रतिनिधीहरु मध्येमा दुग्ध उत्पादक सहकारी नगर समितीका शिवकान्त पौडेल, पाञ्चायन दुग्ध उत्पादक सहकारीका हरिश्चन्द्र अधिकारी, गौरीधारा दुग्ध उत्पादक सहकारीका कुमार प्रसाद धमला, शिवशक्ति दुग्ध उत्पादक सहकारीका सत्यनारायण चौधरी, हरिहर दुग्ध उत्पादक सहकारीका विष्णु पुरी, जयमंगला दुग्ध उत्पादक सहकारीका जनकराज पन्त र हिमचुली दुग्ध उत्पादक सहकारीका चन्द्र प्रसाद लामीछाने लगायतका संस्थागत जम्बो टोली पनि ७ जना व्यवशायिक पशुपालक कृषक समूहमा संलग्न रहेका छन् ।

व्यवशायिक कृषकहरुमा रनपा १४ का नवराज घिमिरे, वडा नं. ३ का ऋषभ थपलिया, रनपा १२ का उपेन्द्र कोइराला, रत्ननगर १० का शंकर पुरी, रनपा ८ का चिन्तामणी आचार्य, रनपा १५ का उपेन्द्र पोख्रेल रनपा १५ कै विष्णु प्रसाद लामिछाने र रनपा १६ का युवराज थापा रहेका छन् भने रहेका छन् ।

त्यस्तै गरी सो भ्रमणमा ९ वटा वडाका व्यवशायिक किसानहरु जस्तै वडा नं. १, वडा नं. २, वडा नं. ४, वडा नं. ५, वडा नं. ६, वडा नं. ७, वडा नं. ८, वडा नं. ९, वडा नं. १३ कुनै पनि किसानहरुलाई समावेश नगरिएको नगरपालिकाबाट प्राप्त भ्रमण टोलीको नामावलीबाट पुष्टि हुन आएको छ ।

एकै परिवारका २ सदस्य किसानलाई सो भ्रमण समूहमा समावेश गरिएको, व्यवशायिक पशुपालक किसानलाई ३ पटक सम्म गएको भारतको अवलोकन भ्रमणमा समावेश किन गरिएको र कति जना वडा अध्यक्ष भ्रमणमा गएको भन्ने बारेमा रत्ननगर नगर उपप्रमुख विमला दुवाडीलाई प्रश्न गर्दा आफुलाई सो बारेमा केहि पनि जानकारी नभएको बताउनु भयो ।
किसानको नाममा कर्मचारी र वडा अध्यक्षहरुको भ्रमणको सार्थकता के हो र कति दिने भ्रमण हो भनेर प्रश्न गर्दा पनि दुवाडीले यस बारेमा पनि आफु अनभिज्ञ रहेको बताउनुभयो ।

स्मरण रहोस, नगर विकासका निकासा बजेटहरुमा अनियमितता र अपारदर्शी लेखा प्रविष्ट रहेको जानकारी प्राप्त भएपछि सिंगो नगरपालिका नै अहिले अख्तियारको चौघेरामा फसेको छ ।

तपाईको प्रतिक्रिया