महेश पाण्डे

३ असार, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले हाल मधेस क्षेत्रमा केहि ब्यक्ति र पार्टीले आजको दिनलाई कालो दिनको रुपमा मनाउन लागेको देख्दा त्यो हतारको काम मात्र भएको बताएका छन् ।

नगरपालिकाले आज (शुक्रबार) आफ्नै शभाहलमा कर्मचारी र जनप्रतिनीधि बिचमा संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख वनले देश पृथ्वीनारायण शाहको पालामा एकिकरण भए देखिनै बिभिन्न आन्दोलन र शहिदहरुको बलिदानले मात्र नेपालको संबिधान २०७२ बनेको बताउदै अहिलेको संबिधान धर्म निरपक्षता, राष्ट्रिय स्वाधिनता, प्रेष स्वतन्त्रता लगाएतका कुरालाई समेट्दै समाजवाद उन्मुख बिश्वकै उत्कृष्ट भएकोले केहि मधेष दलले आजको दिनलाई कालो दिनको रुपमा मनाउनु हतारो मात्रै भएको बताए ।

वनले अहिलेको संबिधान ढोकामा लेखिएको लकिर नभएको बताउदै २०४ वर्षीय एकात्मक राज्य प्रणालीमा हुर्कीएको राज्य प्रणाली बाट देशमा अहिलेको संबिधान लागु भएकोले र पहिलो अभ्यास पनि भएकाले समय अनुशार परिवर्तन गर्न सकिने खालको पनि भएकोले मात्र ४ वर्षमानै संबिधानलाई जलाउने, बहिष्कार गर्ने, च्यात्ने र कालो दिनको रुपमा लिन नहुने बताए ।

कार्यक्रममा नगरपालिकाका कृषी अधिकृत रुद्र बहादुर शाहिले उत्कृष्ट संबिधान शिर्षकमा कबिता बाचन समेत गरेका थिए । नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमा वडा २ का वडा अध्यक्ष तिलक राज शर्मा र कर्मचारीको तर्फबाट वडा नं. ५ का सचिव शंकर बहादुर कुंवरले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया