महेश पाण्डे

एनआरएनएको विश्वसम्मेलन तथा नवौँ अधिवेशन अहिले काठमाडौँमा चलिरहेको छ । १५ अक्टोबरबाट सुरु भएको कार्यक्रम १७ तारिकमा सकिने भनिए पनि चुनावी माहोलमा देखिएको अव्यवस्थापन, ढिलासुस्ती र गैरजिम्मेवारपनका कारण पछाडि धकेलिने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

हुन त एनआरएनए अर्थात गैरआवासीय नेपाली संघ जुन नामको अर्थ नेपाली भईकन पनि विदेशमा रहेर काम गरिरहेका नेपालीहरु मिलेर बनेको संस्था भनेर प्रष्ट बुझ्छौँ हामी । हामीलाई लाग्छ, विदेशमा बसेर आएका नेपालीहरु सभ्यताका हिसावले विदेशी नागरिकसरह धेरै माथि पुगिसके तर सोचाई र त्यहाँ देखिएको माहोलमा आकास र जमिनको फरक थियो ।

सभ्यतामा नं १ देशमा बसेर आएका उनीहरुले चुनावी माहोलमा गरेको काम र व्यवहार देख्दा लाग्थ्यो, उनीहरु नेपालभन्दा बाहिरबाट होइन कुनै अव्यवस्थित ठाउँमा बसी अरुलाई पनि त्यही सिकाउन आएका छन् । न उनीहरुसँग फुर्सद न त कुनै मतलब । अझ चुनावी माहोलमा उनीहरुको काम गराई त झन यति अव्यवस्थित थियो कि बरु हाम्रा गाउँठाउँमा हुने सहकारी, क्लबका साधारण सभा धेरै व्यवस्थित हुन्छन् । तर, त्यहाँ त भद्रगोल सिवाय केही थिएन ।

चुनावी माहोलको कुरा गर्ने हो भने त झन लाजको पसारो जस्तो थियो । हामीलाई लाग्थ्यो यहाँ कुनै एनआरएनएको चुनाव नभई देशकै प्रतिनिधिसभाको चुनाव हो । अझ राजनीतिको त के कुरा त्यहाँको राजनीति वास्तवमा लाजनीति भन्ने खालको थियो । एक÷एक पलमा को कुन समूहमा विभाजित हुन्छ त्यसको कुनै ठेगान थिएन । त्यसको एउटै कारण थियो पैसाको चलखेल । हामीले त्यहाँ रहेका एनआरएनहरुसँग यो विषयमा सोध्दा उनीहरु यसलाई घुमाउरो पारामा स्वीकार गरिरहेका थिए । जसको अर्थ– यो चुनावी माहोलमा पैसाको ताण्डव चलिरहेको थियो ।

उदघाटनको दिनमा नै संस्थामा राजनीति हावी भएको भन्दै संघका स्थापनाकालीन अध्यक्ष उपेन्द्र महतोले त यो अधिवेशन नै बहिस्कार गरेका थिए । यसबाट पनि बुझ्न सकिन्छ यसपटकको अधिवेशन कस्तो खालको हो भनेर । अझ कहिले अध्यक्षबाट नै रक्सी खाएर विमानस्थलमा होहल्ला गरेको खबर, विमानस्थलमा सदस्यहरुले गरेको तोडफोडले पनि यो संस्था र यो संस्थामा आबद्ध केही सदस्यहरुमा सभ्यताको कमी भएको अवश्य महसुस गर्न सकिन्छ ।

विश्व प्रविधिमा धनी देशबाट आएका सदस्यहरुबाट निर्मित संस्थामा चुनावको लागि राखिएको मेसिन बिग्रिएर समय सारिरहँदा लाग्थ्यो, नेपालमा मेसिनबाट भोटिङ सिस्टममा त उनीहरु गएको भनेर देखाउन त खोजियो तर परीक्षणबिना नै काम गर्दा निकै विवादित र काँचोपना पक्कै देखिएको छ ।

जे भए पनि नेपालले एनआरएनएबाट धेरै कुराको आशा गरेको छ । तर यसपालिको चुनावले अब भने प्रश्नवाचक चिन्ह पक्कै खडा भएको छ । अब प्रष्ट के भन्न सकिन्छ भने जोसँग पैसा छ ऊ एनआरएनएको जुनकुनै पदमा सहजै जान सक्छ, तर जोसँग छैन ऊ कहिल्यै अगाडि बढ्ने छैन । यसबाट पनि हामी सीधै भन्न सक्छौँ एनआरएनएबाट अब के आश गर्ने नेपालले ?

अन्ततः शुरु भयाे NRN काे मतदान प्रक्रिया

Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Mittwoch, 16. Oktober 2019

तपाईको प्रतिक्रिया