चितवन । मदन पुरस्कार बिजेता रामलाल जोशीको कथा “लोग्नेको माया” मा तयार भएको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक भएको छ । ह्याप्पी मिडियाको यु-ट्युब च्यानलमा अपलोड भएको सो चलचित्र यौन मनोविज्ञानमा आधारित रहेको चलचित्रका सम्पादन तथा निर्देशन रामु आचार्यले नेपालीको आवाज डट कमलाई जानकारी दिए ।

चितवनको गोलाघाट र रत्ननगरमा छायांकन भएको सो छोटो चलचित्र लाई मदन अछामीले खिचेका हुन् । ह्याप्पी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा रामु आचार्य, एलिना बर्देवा, टिकाराम लामिछाने, गोपाल गुरुङ, ज्योति लामा लगाएतको अभिनय रहेको छ ।

सुयश आचार्य निर्माता रहेको छोटो चलचित्रमा प्रस्तुतकर्ता गोपाल गुरुङ छन् भने सो चलचित्रको डिजिटल पार्टनर नेपालीको आवाज डट कम पनि रहेको छ ।

तपाईको प्रतिक्रिया