महेश पाण्डे
चितवन । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केशीले अण्डाको भाउ घटाउन र किसान सिध्याउन बिचौलीया लागिपरेको बताएका छन् । बिहीबार भरतपुरमा नेपाल अण्डा उत्पादक संघले आयोजना गरेको अण्डाको वर्तमान बजार अवस्था बारेमा उत्पादक तथा बितरकहरुको संयुक्त छलफल भेलालाई सम्बोधन गर्दै केशीेले यस्तो बताएका हुन ।

उपस्थित किसानहरुले नया नेतृत्व आएको १०० दिन हुदापनि केहि काम गर्न नसकेको, सप्लायर्स र अण्डा उत्पादक संघको दुरी बढ्दै गएको, अहिले सम्म पनि कार्यसमिती पुरा गर्न नसकेको, अण्डा संघले तोकेको मुल्य २७५ हुदाहुदै पनि सप्लायर्सहरु रेट घटाउन लागि परेको देखिदेखि पनि केहि नबोलेको लगाएतका आरोप लगाउदै आक्रोश पोखेपछि अध्यक्ष केशीले किसानहरुलाई सम्भोधन गर्दै भने “ किसान साथीहरु नेपाल अण्डा उत्पादक संघले तोकेको रेटमा दोहोरो भुमिका नखेल्नुस, यहा अण्डाको भाउ घटाउन र किसान सिध्याउन बिचौलीयाहरु लागिपरेका छन्, यस्तालाई अब कुनैपनि हालतमा राख्नु हुदैन ।”

केशीले नवलपरासी, दाङं, रुपन्देहीमा लगाएतका ठाउमा संघले कायम गरेको रेट कायम भएपनि चितवनमा भने केहि बिचौलियाहरुले सप्लायर्सको नाममा किसान मारा खेल खेलेको बताए । उनले अब सरकारी स्तरबाटनै निति, नियम आवश्यक रहेको देखिएकाले राज्यस्तरबाट अनुगमन तथा लागत स्टिमेट गर्ने समिती बनि सकेकोले अबको केहि दिनमा सबै प्रदेशमा लागतको मुल्याकंन गरि अण्डाको मुल्य सरकारी स्तरबाट तोकिने बताए ।

उनले अब किसानले आन्दोलन नगरि भाउ पाउने स्थिती नरहेकाले सबै सडकमा उत्रिनुपरे पनि पछाडी हट्न नहुने बताए । उनले केहि भित्र र बाहिर गर्ने मान्छेहरु भएकाले समस्या आएको बताउदै अब एस.एम.एस तथा बिल साथै अण्डा उत्पादक संघको सिफारीसमा मात्र अण्डा बोकेका गाडीहरु जान पाउने बनाउने बताउदै त्यसो नगर्ने सप्लायर्सलाई संघ र किसान मिलेर ठाउको ठाउ कारर्वाही गरिने बताए ।
त्यस्तै कार्यक्रमका उस्थित सप्लायर्सहरुका तर्फबाट बोल्दै किसान दाना उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले यदी सबै सप्लायर्सहरुले छातीमा हात राखेर सोचे यस्तो अवस्था नआउने बताए । उनले तिहारमा अहिले सम्मकै ईतिहासमा अण्डाको रेट नघटेकोमा यसपालीको रेट घटाईले आफु दङ्ग परेको बताए । उनले समन्वय, सहकार्य र एकता नभएका कारणले रेट घटेको बताउदै अब यस बिसयमा संघले सोच्नै पर्ने बताए । पोख्रेलले संघले रेट तोक्ने तर अनुगमन नगर्ने गरेका कारणले पनि यस्तो समस्या देखिएको बताउदै रेट तोकेको ३ दिन पनि नकुरी कारोबारको नाममा रेट घटाउन लाग्ने परिपाटी अन्त्य हुनपर्ने बताए ।

उनले बदाम बेच्ने, मकै बेच्नेले पनि अण्डाको सप्लाईगर्ने गरेकोले यस्ता ब्यवसायीलेनै अण्डाको भाउ घटाएको आरोप लगाए । उनले किसानको अण्डा उठाउनी, बजारमा लगेर बिक्री गर्ने, आफ्नो नाफा राख्ने अनि भाउ घटाएरनै छोड्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए । अहिले चितवनमा ७२ जना भन्दा बढि सप्लायर्स भएकोले अब किसान भन्दा सप्लायर्स बढि हुने स्थिती आएकोले सप्लायर्सको पनि छनोट हुनुपर्ने बताए । उनले एस.एम.एस र बिल दिने गरेमा पनि भाउ नघट्ने कुरा ब्यक्त गरे ।

कार्यक्रममा बिभिन्न जिल्लाका सयौं पिडीत किसानहरुको उपस्थिती रहको थियो । उनिहरु बिचौलिया खेलेकै कारण किसानको घर घडेरी जान लागेकोमा चिन्तीत देखिन्थ्ये । किसानहरु अण्डाको भाउ ल्याउनको लागि जस्तो किसीमको आन्दोलन गर्न पनि तयार रहेको बताईरहेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष दिपक कुमार खनाल, पुर्व अध्यक्ष बिष्णुहरी अधिकारी, पुर्व अध्यक्ष राजेन्द्र लामिछाने, उपाध्यक्ष किरण भुषण ओलि लगाएतको उपस्थिती रहको थियो ।

तपाईको प्रतिक्रिया