काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मंगलबार दिउँसोसम्म विश्वभर एक लाख ८२ हजार १५८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २४ लाख ८२ हजार १५८ जना संक्रमित भएका छन् ।
विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १६ लाख ५९ हजार ५१८ रहेका छन् भने छ लाख ५२ हजार १७० जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५७ हजार ३५५ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा कुल ७ लाख ९२ हजार ९१३ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४२ हजार ५१७ पुगेको छ । स्पेनमा दुई लाख २१० कुल सङ्क्रमित भएका छन् भने २० हजार ८५२ जनाको मृत्यु भएको छ ।
यसैगरी, इटालीमा कुल एक लाख ८१ हजार २२८ जना संक्रमित भएका छन् भने २४ हजार ११४ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, फ्रान्समा एक लाख ५५ हजार ३८३ कुल सङ्क्रमित भएका छन् भने २० हजार २६५ को मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ४७ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने ४८६२ को मृत्यु भएको छ । बेलायतमा एक लाख २४ हजार ७४३ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ५०९ को मृत्यु भएको छ । टर्कीमा ९० हजार ९८० संक्रमित रहेकोमा २१४० को ज्यान गएको छ ।
इरानमा ८३ हजार ५०५ कुल सङ्क्रमित भएका छन् भने ५२०९ व्यक्तिको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ७५८ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार १२३ रहेको छ । चीनमा हाल १००३ जनाको उपचार जारी रहेकोमा ८२ को अवस्था जटिल छ । चीनमा शुक्रबार एकै दिन १२९० जनाको मृत्यु भएको थियो । यस्तै, रसियामा ४७ हजार १२१ जना बिरामी भएकोमा ४०५ को निधन भएको छ ।
बेल्जियममा ३९ हजार ९८३ संक्रमित भएकोमा ५८२८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३९ हजार ५४८ संक्रमित भएकोमा २५०७ जनाले ज्यान गुमाएका छन् । यस्तै, क्यानडामा ३५ हजार ७०८ व्यक्तिमा कोरोना देखिएकोमा १६१८ जनाको ज्यान गएको छ ।
यसैगरी, नेदरल्याण्ड्समा ३३ हजार ४०५ संक्रमित भएकोमा ३७५१ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २७ हजार ९४४ संक्रमित छन् भने १४२७ जनाको ज्यान गएको छ ।
पोर्चुगलमा २० हजार ८६३ व्यक्ति बिरामी भएकोमा ७३५, भारतमा १८ हजार ६०१ कुल संक्रमित रहेकोमा ५९२, पेरुमा १६ हजार ३२५ संक्रमित रहेकोमा ४४५, आयरल्याण्डमा १५ हजार ६५२ संक्रमित रहेकोमा ६८७, अस्ट्रियामा १४ हजार ७९५ मा कोरोनाको संक्रमण देखिएकोमा ४७०, स्वीडेनमा १४ हजार ७७७ बिरामी रहेकोमा १५८० जनाको मृत्यु भएको छ ।
यस्तै, इजरायलमा १३ हजार ७१३ बिरामी रहेकोमा १७७, जापानमा ११ हजार १३५ संक्रमित रहेकोमा २६३ र दक्षिण कोरियामा १० हजार ६८३ संक्रमित रहेकोमा २३७ को ज्यान गएको छ । यस्तै, चिलीमा १० हजार ५०७ संक्रमित भएकोमा १३९ को मृत्यु भएको छ । साउदी अरेबियामा १० हजार ४८४ बिरामी रहेकोमा १०३ जनाको मृत्यु भएको छ । इक्युडरमा १० हजार १२८ बिरामी भएकोमा ५०७ जनाको मृत्यु भएको छ ।
यसैगरी, डेनमार्कमा ३६४, पाकिस्तानमा १९२, नर्वेमा १८१, मेक्सिकोमा ७१२, युएईमा ४३, इन्डोनेसियामा ५९०, मलेसियामा ८९, कतारमा ९, थाइल्याण्ड ४८, बंगलादेश १०१ जनाको ज्यान गएको छ ।
नेपालमा हालसम्म ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा चार जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा २९ हजार ५६७ जनाको नमुना परीक्षण गरिएकोमा ३१ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा














