चितवन । रत्ननगरमा जारी जेसीजको जेसीज सप्ताहअन्तर्गतको आज छैठौँ दिन कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सामधानको बाटो विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल जेसीजको क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, नेपाल जेसीजको क्षेत्र (ख) निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रामबहादुर बोगटी, रत्ननगर जेसिजका पूर्व अध्यक्षहरु, रत्ननगर जेसीजका पूर्व तथा वर्तमान पधाधिकारीहरु, नेपाल जेसीजअन्तर्गतका विभिन्न शाखाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेका प्राडा विद्यानाथ कोइरालाले कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको असर र अबको बाटो के हुन सक्छ सो को बारेमा प्रष्ट्याएका थिए ।

शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुले कोभिड १९ का कारण विद्यार्थीवर्गमा परेको असर साथै समाधानका पाटोहरुप्रति आआफ्नो जिज्ञासा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रम अपेक्षा गरेअनुरुप सफल भएको बताउँदै रत्ननगर जेसीज सदैव समाजसेवामा निरन्तर लागिरहने कार्यक्रमका संयोजक सुरेशजंग पाण्डेले जानकारी दिए । कार्यक्रम रत्ननगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

जेसीज सप्ताहअन्तर्गतको अन्तिम दिन भोलि असार २७ गते जिल्लाभित्रका जेसीज शाखाहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको मूल संयोजक बाबुराम परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया