अयोध्याका अध्येता एबम निरोगी नेपालका प्रधान सम्पादक लोकमणि पौडेलले महामारीको रुपमा रहेको कोभिड १९ र यसले पारेको प्रभाव सम्बन्धमा उनले आफ्नो फेसबुकमा बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?भन्ने शिर्षकमा लेखेका छन । उनको अनुमतिमा सो लेखलाई हामीले नेपालीको आवाज डटकममा स्थान दिएका छौ ।

बिश्वब्यापी रुपमा सरकार र प्रशासन एति अबुझ कसरी हुन सक्छन्?

१. दूध र पानी कसरी किन्ने ?

हामीले दूरदर्शी हिसाब ले किन सोच्न सकेनौं ? खोप को व्यवस्था मा सारा शक्ति लगाउनुपर्ने बेला मा कम प्राथमिक विषय मा किन अल्मलियौं ? बजार बन्द मात्रै समाधान होइन भन्ने कुरा कोभिड लाई नियन्त्रण गरेका थुप्रै मुलुक ले देखाइरहेका छन्। हुँदाहुँदै काठमाण्डू उपत्यका मा किराना पसल देखि डिपार्टमेन्टल स्टोर समेत पूरै बन्द गर्ने निर्णय गरिएको छ। कोरोना का बिरामी देखि लिएर हर कोही लाई नभई नहुने कुरा भनेको खानेकुरा हो। किराना पसल तथा डिपार्टमेन्ट बन्द हुनासाथ दूध, पानी समेत किन्न नपाइने हुन्छ। तरकारी पसल मा दूध बेच्ने व्यवस्था विरलै छ। खानेपानी को समस्या त विकराल हुन्छ नै। काठमाण्डू मा धेरै जसो घर मा पिउन का लागि जार को पानी किन्नु पर्ने अवस्था छ। एस्तो अदूरदर्शी निर्णय जसको शतप्रतिशत पालना हुनै सक्दैन, गर्नु भनेको विवेकहीन कुरा हो।

२. बन्द मात्रै समाधान होइन

बन्द को विरोध गर्दा मन नपराउनु स्वाभाविक हो। तर बन्द मात्रै समाधान होइन। एसरी सधैंभरि बन्द नै समाधान हो भनेर सोच्नेहरू ले बन्द का कारण भइरहेको राष्ट्रिय घाटा तर्फ ध्यान दिन किन सक्दैनन् ? एसरी बन्द गर्दा कति को जागीर गुमेको छ। कति उद्योग कलकारखाना बन्द भएका छन्। किसानहरू को उत्पादन ले बजार पाउन सकेको छैन। मुलुक अरबौं रुपैयाँ को व्यापार घाटा बाट गुज्रिरहेको छ।

३. खोप को व्यवस्था नै एक मात्र समाधान

एस्तो अवस्था मा के सरकार ले खोप लाई प्रमुख प्राथमिकता मा राखेर २ करोड खोप स्वयं ले किन्ने व्यवस्था तत्कालै गर्न किन सक्दैन ? इण्डिया सँग किनेको खोप को मूल्य हिसाब गर्दा २ करोड खोप लाई १० अरब रुपैयाँ पर्न जाने देखिन्छ। अरबौं घाटा सहन हुने १०-१५ अरब खोप का लागि खर्चन नहुने ? यी २ करोड खोपहरू आउँदै गर्दा अनुदान मा आउन लागेका खोपहरू पनि आउँदै गर्छन्। अनुदान मा माग्ने काम लाई पनि निरन्तरता दिन सक्नुपर्छ।

४. इजरायल बाट किन नसिक्ने ?

कोभिड नियन्त्रण मा इजरायल ले गरेको सफल व्यवस्थापन बाट पनि सिक्न सकिन्छ। खालि इण्डिया लाई हेर्ने होइन। इण्डिया को जनसंख्या धेरै बढी छ र धेरै संख्या अहिले पनि झुपडपट्टी र पेटी मा आफ्नो जीवनयापन गर्छन्। इजरायल को जनसंख्या करीब १ करोड छ। इजरायल मा २७ जनवरी मा ११९३४ जना मा कोरोना संक्रमण को पुष्टि भयो। सरकार सतर्क बन्यो र भित्रभित्रै खोप को व्यवस्थान लाई पहिलो प्राथमिकता मा राखेर काम गर्न थाल्यो। २८ जनवरी मा ७३०५, २९ जनवरी मा ५०९६, ३० जनवरी मा ४७९८, ३१ मा ४६४६ । यो संख्या एसरी नै विस्तारै घट्दै गयो । १४ मार्च मा ११७८, २१ मार्च मा ५५२, ७ अप्रिल मा २९६, ३० अप्रिल मा ७४। हुँदाहुँदै कुनै दिन शून्य पनि भयो। अहिले नयाँ संक्रमित को संख्या सरदर दैनिक ५० भन्दा तल छ। एसको कारण हो खोप। बढी भन्दा बढी मा खोप लगाइयो भने हर्ड इम्यूनिटी ले पनि काम गर्छ। विगत चार महीना एता इजरायल सरकार एसरी जुट्यो कि आधा भन्दा बढी जनसंख्या ले खोप लगाइसक्यो। स्वास्थकर्मी र डाक्टर लिएर खोप बोकेका गाडीहरू गाउँ गाउँ दौडिए। मुलुक को सारा शक्ति कोरोना खोप को व्यवस्थापन मा जुट्यो। अहिले त्यहाँ कुनै प्रकार को निषेधाज्ञा छैन। यहाँसम्म कि धेरै जसो मानिसहरू मास्क नलगाईकन हिँडेका देखिन्छन्। सबै उद्योग कलकारखाना सुचारु छन्।

मन परेमा शेयर गरिदिनुहोला,
धन्यवाद !

लेखक : लोकमणि पौडेल
अयोध्याका अध्येता एबम निरोगी नेपालका प्रधान सम्पादक

तपाईको प्रतिक्रिया