धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
धनुषा- धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आइतबार बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जीतेन्द्र सदाको मदिरा सेवनले मृत्यु भएको वडाध्यक्ष जानकीराम साहले बताए । त्यस्तै, आइतबार बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिकामा मदिरा सेवनले एक जनाको मृत्यु भएको छ...