भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान
काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा कोरोना खोप अभियान रोकिएको छ । भारतको सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख डोज खोप दिन आनाकानी गरेपछि कोरोना खोप अभियाननै स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले जानकारी दिए ।
भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि माघ १४ बाट कोरोना खोप अभियान नेपालमा सुरु भएको थियो । फ्रन्...