नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता
चितवन । नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका छन् । बिहिबार बेलुका ५ः०० बजेको समयमा भरतपुर–१ जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार पार्कको चौतारामुनी सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला चितवन भरतपुर –२ क्षेत्रपुर बस्ने बर्ष ४५ को रमेश खनाल चिप्लिएर नारायणी नदिमा खसेर बेपत्ता भएका हुन् ।...