होली खेल्ने क्रममा बागलुङको सिमाना बलधुरेमा झडप, दुईको मृत्यु, दर्जन बढि बेपत्ता
बागलुङ । होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ भने दर्जन बढि बेपत्ता भएका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भीरबाट खसेर २ जनाको मृत्यु भएको पुष्टि गरे । मृतकको नाम भने हाल सम्म खुलेको छैन ।
होली खेल्ने क्रममा बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाहरु बी...