झा दम्पतीको शव गाडिएको अवस्थामा ३० दिनपछि भेटियो, शव गलाउन नुनुको प्रयोग
जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका झा दम्पतीको शव गाडिएको अवस्थामा ३० दिनपछि भेटिएको छ । सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ देखि हराएका थिए । हराएको ३० दिन पछि उनिहरुको सव गाडिएको अवस्थामा बिहिवार प्रहरीले फेला पारेको हो ।
गत फागुन १० गते कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए झा दम्पती । भोलिपल्ट बिहान ब...