खेलकुद पत्रकार र जेसिजबीचको मैत्रीपूर्ण फुटबलमा ३–३ को बराबरी

खेलकुद पत्रकार र जेसिजबीचको मैत्रीपूर्ण फुटबलमा ३–३ को बराबरी
चितवन । जेसिज सप्ताहको अवसरमाआयोजित मैत्रीपूर्ण फुटबलमा नारायणगढ जेसिज र खेलकुदपत्रकार मञ्चचितवनले बराबरी खेलेका छन् । आज (बुधबार) बिहान नारायणगढको क्याम्पाचौरमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जेसिजले ३ गोलको अग्रता लिएपनि सो अग्रतालाई जोगाउन भने सकेन । पहिलो हाफमा ३ गोलले पछि परेको खेलकुद पत्रकारको टोली दोस्रो हाफमा खेलमा फर्...