माधव नेपाल समूह भन्छः ओलीले पार्टी फुटको गतिविधि गरेकाले कारबाहीको भागिदार हुनेछन्
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको गतिविधि सुरु गरेको बताउदै उनी कारबाहीको भागिदार हुने बताएका छन् । खनाल–नेपाल समूहले यहि चैत्र ४ र ५ गते गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन अर्थात आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभ...