सरकारले गर्यो युरिया मल ल्याउन ठेक्का सम्झौता, २८ करोड ५० लाख बढी तिर्न सहमत
काठमाडौं । सरकारले जोशी बिज हाउससँग २८ करोड ५० लाख बढी तिर्ने गरि युरिया मल ल्याउन ठेक्का सम्झौता गरेको छ । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता गरेको हो ।
कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार जोशी बिज हाउसले प्रति मेट...