मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, यातायात अबरुद्ध
चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा गएको सुख्खा पहिरोका कारण अहिले यातायात अबरुद्ध भएको छ ।
आज (शनिवार) बिहान ११ः३५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं . ६ चारकिलो स्थित मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट सुखा पहिरो झर्दा बाटो दुबै तर्फी अबरोध भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार सुख्खा पहिरो गएको ठाउँमा बाटो खुलाउनको लागी सडक बिभागसँग समन्वय भई रहेको ।