नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता
काठमाण्डौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल बेलुकी ५ बजेपछि फिर्ता भएको छ । अब लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् रुपमा सञ्चालन हुने केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । प्रतिनिधिसभा विघटपछि प्रचण्ड–नेपाल पक्षले बिभिन्न आन्दोलन गर्दै आएको छ । जस अनुसार बिहिवार १ दिने नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते

बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते
विराटनगर । बिराटनगरमा नेकपाको (प्रचण्ड–नेपाल) पक्षले गरेको नेपाल बन्दको क्रममा पसल खोलेको भन्दै उम्लिरहेको तातो तेल खनाएका छन् । जसमा तातो तेलको छिटा परि आमाछोरी घाइते भएका छन् । आज (बिहिवार) पूर्व मन्त्री तथा नेकपा (दाहाल–नेपाल) पक्षका नेता शिवकुमार मण्डलको नेतृत्वमा रहेको लाट्ठीसहितको आन्दोलनकारीको समूह पसलमा पसेर घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विराटनगर महानगर...

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार
जनकपुर । नेकपा (प्रचण्ड–माधव) समुहले गरेको एक दिने बन्दको क्रममा जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । नेकपा (प्रचण्ड–माधव) समुहका कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोहि क्रममा प्रहरी र बन्दकर्ता...

काठमाडौंमा बन्द गराउँदै हिडेकी प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अन्य पक्राउ

काठमाडौंमा बन्द गराउँदै हिडेकी प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अन्य पक्राउ
काठमाडौँ । काठमाडौंमा बन्द गराउँदै हिडेको भन्दै प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आज (बिहिवार) नेकपा प्रचण्ड–माधव पक्षले नेपाल बन्दको आह्वान गरेको छ । जसलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सोहि क्रममा प्रचण्ड–माधव समुहले कलंकी क्षेत्रको कमान्डर तोकिएकी नेतृ शाक्यलाई प्रहरीले कलंकी क्...