पिठुवा डेरीका ४३५ किसानले पाए १५ लाख अनुदान
चितवन । रत्ननगरको पिठुवामा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना ४३५ कृषकलाई अनुदान रकम वितरण गरेको छ। २०७७ साल श्रावण देखि २०७८ साल असार मसान्तसम्म दूध बिक्री गरेका कृषकहरुलाई अनुदान रकम वितरण गरिएको हो । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट प्राप्त अनुदान रकम पन्ध्र लाख एकानब्बे हजार चार सय उनन्सत्तरी रुपियाँ सहकारीका कृषकहरूले प्राप्त गरे...