विश्वकप फुटबल छनोट खेलमा नेपाल बिरुद्ध जोर्डनको ३ गोल
चितवन । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बिरुद्ध जोर्डनको ३ गोल गरेको छ । राति कुवेत सिटीमा सोमबार भएको खेलमा नेपालमाथि जोर्डनले ३–० गोलको सहज जित निकालेको हो ।
समूह बी मा ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ ।