एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली झन शक्तिशाली बनेका छन् । एमालेको शनिवार बसेको बैठकले पदाधिकारी हटाउन सक्ने र सासंद छनोट गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई दिएसँगै उनी झन शक्तिशाली बनेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको बैठक बहिस्कार गरेपनि ओली पक्षीय नेताहरुको संसदीय दलको बैठक भने बसेको थियो । सो बैठकले संसदिय दलका नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी...






