२२ जेष्ठ, पोखरा
नेपालीको आवाज न्युज डेस्क

पोखराको लेकसाईडमा हाल सुक्रबार र शनिबार संचालन हुदै आएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) हटाउने स्थानियले तयारी गरेकाछन। प्राप्त छलफल नगरी, पुर्व तयारी विना, पर्यटनका प्याकेज विना, जनतालाई र पर्यटकहरुलाई सास्ती दिने गरी हाल संचालन भएको उक्त कार्यक्रम आगामी सुक्रबार देखि नै हटाउने स्थासिनयले तयारी गरेका छन ।

सुक्रबार र शनिबार बेलुका ५ देखि राति एक बजेसम्मको लागि हल्लनचोक देखि बराहीघाटसम्मको क्षेत्रमा हाल संचालना हुदै आएको नौ भईकल जोन सुक्रबार देखि हटाउन सरोकार पक्षलाई आग्रह गरेकोले त्यसलाई हटेर गरे आफुहरुले हटाई छाड्ने स्थानिय एक पर्यटन व्यवसायी घनश्याँम वोगटीले बताए । आज (सोमबार) पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा बसेको एक छलफलमा स्थानिय व्यवसायीहरुले पर्यटन प्रवद्र्धन भन्दा पर्यटक र आफुहरुको व्यवसायमा प्रभाव पारेको भन्दै आगामी सुक्रबार देखि उक्त कार्यक्रम हटाउने तयारी गरेको वोगटीले जनाए ।

उक्त कार्यक्रमबाट आफ्नो व्यवसाय नै धरापमा पर्न थाले पछि आफुहरु हाल संठगित हुदै बिरोधमा उत्र्रिनु परेको उनले बताए । उनले भने “ हामीले दुई महिना देखि सहदै आयौं, अब अति नै भयो अब पनि यो वा त्यो वहानामा हामीले सडकमा कुनै अबरोध राखेमा हामी स्थानिय तथा व्यवसायीहरु मिलेरै हटाउने छौं । ” आईस ल्याण्ड होटलका संचालक समेत रहेका वोगटीले पोखरा लेकसाईडको मिरा गल्लीमा निकास नभएको हुदा स्थानियहरुसंगको समन्वय विना, कुनै प्रभावकारी कार्यक्रम विना संचालन भएको नो भेईकल जोन कार्यक्रमले आफुहरु प्रभावित भएको दाबी गरे ।

पर्यटन व्यवसायी एवं होटल मुनालका संचालक कालीबहादुर परियारले नो भईकलन जोन कार्यक्रम वेलुका ५ बजे देखि राति एक बजेसम्म बढी समय भएकोले गर्दा कम्तिमा ७ बजे देखि १२ बजेसम्म भएको भए आफुहरुलाई सहज हुने बताए । उक्त कार्यक्रमले आफुहरुको व्यापारमा समेत ठुलो असर परेको बताउदै यसमा प्रहरीको समेत ज्यादती भएको गुनासो गरे । लेकसाईडमा केहिले व्यापार गर्ने नाममा लेकसाईडमा राति भरी हल्ला गरी वातावरण प्रदुषित पार्ने गरेको उनको आरोप छ।

टि टाईम्स रेष्टुरेण्टका संचालक युवा उद्यमी हरि बस्ताकोटीले आगामी दिन देखि पोखराको लेकसाईड क्षेत्रमा कसैले सार्वजनीक सडक अबरुद्ध गर्न नहुने बताए । उनले कुनैपनि ठाउमा पक्षपाती ढंगबाट निश्चित समुुदायलाई फाईदा हुने हिसावले यातायात प्रवेषमा रोक लगाएको आफुलाई थाहा नभएको र यसले आफु जस्ता ब्यवसायीलाई ब्यवसायनै धरापमा पार्ने हिसाबले गरिएको कार्य भएकोले यसलाई हटाउनु पर्ने कुरामा जोड दिदै उनले भने “ अब हामी माथि अति नै भयो, आगामी हप्ता देखि उक्त कार्यक्रम नहटाए हामी अदालतसम्म जाने तयारी गरेका छौं । ” होटल दोनस्तीका संचालक असोक रुम्वा लामाले गृहकार्य विना हचुवाको भरमा ल्याएको उक्त कार्यक्रमले आफुहरुको व्यापार बढ्नु भन्दा हप्ताको दुई दिन झन घट्दै गएको गुनासो गरे ।

नो भेईकल जोन कार्यक्रमका संयोजक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले पर्यटन सहित व्यवसाय प्रवद्र्धन गर्न ल्याएको पर्यटन प्याकेजमा स्थानियहरुको बिरोध आएपनि आफुहरुले यसलाई कसरी संचालन गर्ने बिषयमा छलफल गरेर मात्र निर्णय लिने बताए । पर्यटन प्रवद्र्धन गर्न आफुहरुले आयोजना गरेको उक्त कार्यक्रममा पर्यटन सम्वद्ध केहि संघ संस्थाहरुले समेत प्रयाप्त मात्रमा समन्वय र सहयोग नगर्दा थप समस्या आएको उनले बताए ।

तपाईको प्रतिक्रिया