रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने
१ फागुन, रत्ननगर ।
गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो...