रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ ले वडा भित्रका विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेको छ । नगरपालिको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सो वडाका ५५ बिपन्न परिवारको बिमा गरी मंगलवारस्वास्थ्य बिमा कार्ड बितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा र वडा सदस्य उमादेवी सुवेदीले स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेका थिए...