महेश पाण्डे
चितवन । प्रधानमन्त्री वलीद्वारा गरिएकाे संसद बिघटनकाे बिरुद्धमा रत्ननगरमा नेकपाका नेता तथा कार्यकर्ताले बिराेध सभा गरेका छन् । (आज) साेमबार रत्ननगर-१, साैराहाचाेकमा नेकपाका विभिन्न जनवर्गीय संगठनकाे आयोजनामा प्रधानमन्त्री वलीद्वारा गरिएकाे संसद बिघटनकाे बिरुद्धमा काेणसभा कार्यक्रम गरिएको थियाे ।

साे काेणसभालाई सम्बाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चाैधरीले प्रधानमन्त्री केपी शर्मा वाेलीले चालेकाे कदम असंवैधानिक भएकाे बताए । उनले नेकपालेनै बनाएकाे प्रधानमन्त्रीले नेकपालाई संकटमा पारेकाेले केपी वाेलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पद दुबैबाट राजिनामा दिनुपर्ने बताए ।
साेही विरोधसभामा बोल्दै बागमती प्रदेश सभा सदस्य एवं नेकपा प्रदेश कमिटी सचिवालय सदस्य कंचन खनालले प्रधानमन्त्री वाेलीले आफ्नो चिहान आफै खनेको बताइन् । उनले केपी ओलीले आफू कम्युनिष्ट हुँ भन्ने नैतिकता समेत गुमाइसकेकाे बताइन् । उनले देश र जनताकालागि हजारौंकाे बलिदानबाट बनेको संविधानको उलंघन गर्ने अधिकार कसैलाई पनि नभएको बताइन् ।
साे विरोध सभामा नेकपा रत्ननगर कमिटीका अध्यक्ष कूलप्रसाद लामिछाने, प्रदेश कमिटी सदस्य प्रकाश खनाल
लगाएतका नेता तथा कार्यकर्ताकाेहरुकाे उपस्थित रहेकाे थियाे ।














