चितवन, १० असार । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०८२र८३ को लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार १७औ नगर सभा मार्फत आगामी आर्थिक बर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम तथा उप प्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका थिए ।

पर्यटन मार्फत रोजगारी सृजना गर्ने गरि शिक्षाा, स्वास्थ्यलाई प्राथमिकता दिइएको प्रमुख सापकोटाको भनाइ छ । संघीय समानिकरण अनुदान १७ करोड ८९ लाख, संघीय राजश्व बाँडफाँड १३ करोड ४० लाख,संघीय सर्सत अनुदान चालू तर्फ ३६ करोड ८२ लाख, संघीय सर्शत पूजिगत २ करोड ८८ लाख, संघी विशेष अनुदान ६८ लाख, संघीय समपुरक अनुदान ५५ लाख, प्रदेश समानिकरण अनुदान १ करोड ८९ लाख आम्दानी हुने अनुमान छ ।

त्यसैगरी, प्रदेश राजश्व वाँडफाँड ६ करोड २२ लाख, प्रदेश सर्शत चालू ३ करोड ५६ लाख, प्रदेह सर्शत पूजिगत १ करोड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, स्थानीय राजश्व बाँडफाँड घरजग्गा रजिष्टेशन दस्तुर ९ करोड, आन्तरिक स्रोत १४ करोड ५२ लाख, मौज्दात रकम १० करोड, सामाजिक सुरक्षा ३२ करोड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । विभिन्न १७ शीर्षकमा आम्दानी हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको भनाइ छ ।

तपाईको प्रतिक्रिया