चितवन। सिटी पेन्ट्स प्रा. लि. द्वारा आयोजित डिलर साथी भेटघाट कार्यक्रम २०८२ मिति २०८२ साल पुष १८ गते देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टे, ग्राम मा भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा सिटी पेन्ट्सका अध्यक्ष पवन राज पौडेल, डाइरेक्टरहरु कृष्ण राज भण्डारी तथा चिरञ्जीवी पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै चिरञ्जीवी पाण्डेले सिटी पेन्ट्सको स्थापना, हालसम्मको यात्रा, उपलब्धि तथा भविष्यका रणनीतिक योजनाबारे विस्तृत जानकारी गराउनुभयो।
१५ वर्षभन्दा बढी कर्पोरेट अनुभवका साथ स्थापना भएको सिटी पेन्ट्सले स्थापना भएको केवल २ वर्षमै उल्लेखनीय बिक्री वृद्धि हासिल गर्दै बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो। कार्यक्रमलाई थप जीवन्त र स्मरणीय बनाउन लोकप्रिय कलाकार महेन्द्र बरालको विशेष सांगीतिक प्रस्तुति समावेश गरिएको थियो। उहाँको प्रस्तुतीले कार्यक्रममा सकारात्मक ऊर्जा थप्नुका साथै सहभागी डिलरहरूलाई मनोरञ्जन र उत्साह प्रदान गरेको थियो। सांस्कृतिक माहोलले कार्यक्रमलाई अझै आत्मीय र यादगार बनाएको सहभागीहरूको प्रतिक्रिया थियो। कार्यक्रमको सञ्चालन श्रीराम पौडेलले गर्नुभएको थियो। कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३५ जना डिलर साथीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
डिलरहरूले सिटी पेन्ट्ससँगको सहकार्य, विश्वास र बजारमा प्राप्त सहयोगबारे खुलेर आफ्ना अनुभवहरू साझा गरेका थिए। कार्यक्रमको समापनमा सञ्चालक तथा डाइरेक्टर कृष्ण राज भण्डारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्पूर्ण सहभागी डिलर, अतिथि तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो। सिटी पेन्ट्सले आगामी दिनमा पनि डिलरहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय उत्पादन मार्फत बजार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।















