रत्ननगर महोत्सव सुरु, अर्थतन्त्र चुनौतीपूर्ण : केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ

रत्ननगर महोत्सव सुरु, अर्थतन्त्र चुनौतीपूर्ण : केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव यस पटकको महोत्...

सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न

सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न
चितवन। सिटी पेन्ट्स प्रा. लि. द्वारा आयोजित डिलर साथी भेटघाट कार्यक्रम २०८२ मिति २०८२ साल पुष १८ गते देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टे, ग्राम मा भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा सिटी पेन्ट्सका अध्यक्ष पवन राज पौडेल, डाइरेक्टरहरु कृष्ण राज भण्डारी तथा चिरञ्जीवी पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै चिरञ्जीवी पाण्डेले सिटी पेन्ट्सको स्थाप...

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते...

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
रत्ननगर । चितवनको ऐतिहासिक किल्ला उपरदाङगढीमा टेकमाइण्ड नेटवर्कले निःशुल्क (फ्रि) वाइफाई सेवा उपलब्ध गराएको छ । गढी अबलोकनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी फ्रि वाइफाई सेवा उपलब्ध गराएको सो कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले बताए । विहीबार गढीमा आयोजित एक औपचारिक कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापामगरले (फ्रि) वाइफा...

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण
चितवन । भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरुवाती दुई दिनमा नै दर्शकहरुलाई आ...

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन
रत्ननगर । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा शाखा विस्तार गरेको छ । उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयहरूमा अध्ययनका लागि परामर्श तथा सहजीकरण गर्दै आएको यस कन्सल्टेन्सीले आइतबार रत्ननगरमा शाखा शुभारम्भ गरेको हो । शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रिबन काटेर गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपम...

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने
१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो...

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट...

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु
रत्ननगर ।          चितवनको पर्यटकीय नगरी सौराहामा बुधबारदेखि प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले ब...

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन
रत्ननगर । बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले १९औं सौराहा फुड फेस्टिवल (खाना महोत्सव) उद्घाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको एक भब्य समारोहका बीच पर्यटनमन्त्री ठकुरीले उद्घाटन गरेका छन् । सो अबसरमा उनले सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाईमा पु...